गुनासोको विवरण

  • गुनासो दर्ता नं : T4BM2cqq
  • विषय :बाटो मा ग्रावेल र ह्युम पाइप को ब्यावस्था सम्बन्धमा गरिएका गुनासाहरुको सुनुवाई नभएको
  • वर्तमान स्थिति : समाधान भएको
  • गुनासो गम्भीरता : जरुरी
  • ताेकिएकाे शााखा :
  • गुनासोको क्षेत्र : Road
  • विवरण: मेयर साब नमस्कार! सर्बप्रथम मेयर साब को सक्रियता र उत्कृस्ट योजना ले गर्दा धनगढी को मुहार फेरिनेमा दुईमत छैन, यसको लक्ष्यण सुरुवात बाट नै देखिएको छ| म यस धनगढी उप महानगरपालिका वडा नं ३ मा बसोबास गर्दछु, जुन नयाँ बस्ति को रुप मा करिब २ वर्ष अगाडी बनेको टोल हो| जम्मा १० वटा घरधुरी रहेको यो टोल मा १० वर्ष मुनिका १५ जना बालबालिका हरु छन् र धनगढी का अलग अलग ५ वटा बिद्यालयमा पढ्न जान्छन| बिगत ४ महिना देखि यस उप महानगर ले ह्युम पाइप राख्ने क्रम मा पहिला भएको बाटो लाई खनेर २० फीट को बाटो मा एक टुक्रा मात्र ह्युम पाइप राखिदिएको त्यो पनि नमिलाएर राखी छोडेको जानकारी गराउन चाहान्छु| यो जानकारी मैले वडा कार्यालय देखि मेयर साब को सचिबालय बारम्बार जानकारी गराएको व्यहोरा पनि जानकारी गराउन चाहन्छु| टोलमा कुनै आपतकालीन अवास्था आइपरेमा यम्बुलेन्स र दमकल जस्ता आवस्यक कुरा हरु को पहुँच बाट पनि टाढा हुने निश्चित छ| बिद्यालय जाने बालबालिका हरु हात मा जुत्ता समातेर सवारी साधन सम्म जान्छन जुन एकदम कस्टकर छ| देख्ने र भोग्ने लाई अझ धेरै अनुभब हुने रहेछ भन्ने पनि जानकारी गराउन चाहान्छु| उप महानगर पालिका संग एउटा ह्युम पाइप र ३-४ ट्रीपर ग्रावेल हाल्ने बजेट छैन भन्न मिल्छ कि मिल्दैन त्यो त हजुर लाई थाहा होला| १० वटा घर बाट निस्किने प्लास्टिक जन्य फोहोर जलाएर र कुहिने फोहोर बारी र बाटो मा फाल्नु पर्ने अवास्था छ यो टोल को किनकि यता न फोहोर को गाडी आउँछ न बजार तिर देखिने जस्ता डस्टबिन नै छन्| उप महानगर भित्र का मुख्य सडक र आवास छेत्र पहुँच नभएका मा हजुर जस्तो मेयर हुँदा पनि बिबेध भएको महसुस भएको छ| पोहोर साल टोलबासी मिलेर करिब १.५ लाख को ग्रावेल हालेर अलि अलि हिड्न मिल्ने भएको बाटो को लागि धेरै पटक हारगुहार गर्दा पनि उप महानगर को सहयोग पाएको छैनौ| हुनत गुनासो लेखना मिल्ने न मिल्ने क हो अथवा मेयर साब संग पुग्ने नपुग्ने के हो थाहा छैन, तर त्यो सचिबालय को WhatsApp मा पठाउने र गुनासो प्राप्त भयो सम्बन्धित शाखा मा पठाएको छ भनेर मात्र प्रतिक्रिया आउने नहोस भन्ने कामना पनि छ| यो संगै WhatsApp मा गरेका गुनासा हरु को केहि प्रतिनिधि screenshot पनि हजुर को जानकारी को लागि attach गरेको फायल मा संग्लग्नछ :

गुनासोकर्ताको विवरण


  • पुरा नाम : चेतन जोशी
  • ठेगाना : धनगढी ३

तपाईंको गुनासोको सम्बन्धमा निम्न उल्लेखित प्रकृयाहरु अध्यावधिक भएका छन् ।

मिति स्थिति प्रतिक्रिया
२०८०-५-५ विचाराधीन No feedback
२०८०-५-१२ विचाराधीन No feedback
२०८०-५-१८ विचाराधीन No feedback
२०८०-७-२३ समाधान भएको सबै १९ वटै वडामा क्रमश ग्राभेल गर्ने कार्यक्रम रहेकोले गाउँ , टोलमा ग्राभेल गनु पर्ने सडकहरु छन भने आ-आफ्नो वडा कार्यालयमा सम्पर्क गर्न हुन जानकारी गर्दछौं । साथै ग्राभेल सडक निर्माण भैरहेको स्थानहरूमा गुणस्तरीय निर्माण गर्नमा सहयोग एवं निरक्षण गर्न हुन अनुरोध गर्दछौं ।
२०८०-७-२३ समाधान भएको No feedback