गुनासोको विवरण

  • गुनासो दर्ता नं : 1mFRAlO0
  • विषय :सडकमा बस्तु भाउ बाधेको सम्बन्धमा
  • वर्तमान स्थिति : समाधान भएको
  • गुनासो गम्भीरता : अती जरुरी
  • ताेकिएकाे शााखा :
  • गुनासोको क्षेत्र : Road
  • विवरण: नगर प्रमुख ज्यु ननस्कार, धनगढी उप-महानगरपालिका वडा नम्बर 12 भित्रका बासिन्दाहरुले आफुले पालेका गाई,भैंसी तथा बाख्राहरुलाइ सडक छेउमा बाधेर राख्ने तथा चराउनका लागि बाधेर छोडी राख्ने कुरा परम्परा नै भैसकेको र कसैलाइ यसो किन गरेको भन्दा झन यो मेरो रोड हो तलाइ के मतलब भनेर भन्ने गरेकोले मान्छेहरुलाइ आवत जावतमा समस्या पैदा हुनुका साथै सवारी दुर्घटना को पनि प्रमुख कारण बनिरहेको छ र अर्को कुरा म जस्ता अति अशक्त अपांगता भएका ब्यक्तिहरु त wheelchair मा जान पनि नसक्ने भएको छ गाई भैंसी र गोरुले हान्ने धेरै डर छ अनि अर्को कुरा सडक दुर्गन्धित भै विभिन्न रोग लाग्ने सम्भावना हुने र कालो पत्रे सडक बिग्रीरहेको पनि छ। तो एक समाजको बिकृती हो नगर प्रमुख ज्यु यो मेरो मात्र दुख होइन सबैको दुख हो हरेक साल यस्तै समस्याले हाम्रो समाज ग्रसित छ त्यसैले उपमहानगरको पहलमा यो समस्या समाधानको अभियान तुरुन्तै सुरु हुनेछ भन्नेमा म लगाएत सम्पुर्ण गाउँ बासी बिस्वस्त छौं । धन्यबाद।

गुनासोकर्ताको विवरण


  • पुरा नाम : राम प्रासाद जोशी
  • ठेगाना :धनगढी उ म न पा वडा न. 12 जुगेडा कैलाली
  • लिङ्ग :पुरुष

तपाईंको गुनासोको सम्बन्धमा निम्न उल्लेखित प्रकृयाहरु अध्यावधिक भएका छन् ।

मिति स्थिति प्रतिक्रिया
२०८०-५-६ विचाराधीन No feedback
२०८०-५-६ समाधान भएको नगरप्रहरीलाई जानकारी गराई समस्या समाधान गर्न निर्देशन गरिएको
२०८०-५-१० समाधान भएको No feedback