गुनासोको विवरण

  • गुनासो दर्ता नं : q78VOLDC
  • विषय :विद्यालयमा लिइने अतिरिक्त शुल्क अविलम्ब रोकीनु पर्ने सम्बन्धमा ।
  • वर्तमान स्थिति : समाधान भएको
  • गुनासो गम्भीरता : अती जरुरी
  • ताेकिएकाे शााखा : Eduction Division
  • गुनासोको क्षेत्र : Education,Ask For Information
  • विवरण: धनगढी उप–महानगरपालिका भित्र संचालनमा रहेका विद्यालयहरुले विद्यालयमा कक्षा ११ मा भर्ना भएका विद्यार्थिहरुको स्वागत तथा कक्षा १२ को परिक्षा दिने विद्यार्थीहरुको विदाई जस्ता कार्यक्रम आयोजना गर्ने गरेको सबैलाई विदितै छ । यस्ता स्वागत तथा विदाई जस्ता कार्यक्रमको वाहानामा विद्यालयले विद्यार्थी बाट अतिरिक्त शुल्क तोक्ने र सो शुल्क अनिवार्य गरीएकोले विद्यार्थीहरुलाई अनावश्यक तनाव भएको र अभिभावकलाई पनि थप आर्थिक भार सृजना गरेको छ । विद्यालयले यस्ता विदाई तथा स्वागत जस्ता कार्यक्रम संचालन गर्ने नै भए विद्यार्थीबाट भर्ना हुदाका वखत अनिवार्य गरीएको वार्षिक शुल्क, खेलकुद शुल्क आदि (जसको उपयोग विद्यार्थीका लागि हाल सम्म कुनै विद्यालयले गरेका जानकारीमा छैन ) बाट व्यहोर्नु पर्ने वा अन्य विद्यालयको श्रोतबाट व्यहोर्नु पर्ने हो । अनावश्यक र अस्वभाविक रुपमा विद्यार्थी र अभिभावकलाई तनाव र आर्थिक भार थप्नु न्यायसंगत नभएकोले सो अतिरिक्त शुल्क संकलन गर्ने कार्य तुरुन्त बन्द गर्न निर्देशन जारी गर्न अनुरोध छ ।

गुनासोकर्ताको विवरण


  • पुरा नाम : देबि प्रसाद खनाल
  • ठेगाना : धनगढी उप–महानगरपालिका वडा नं.४

तपाईंको गुनासोको सम्बन्धमा निम्न उल्लेखित प्रकृयाहरु अध्यावधिक भएका छन् ।

मिति स्थिति प्रतिक्रिया
२०८०-५-२६ विचाराधीन No feedback
२०८०-५-२६ सम्बन्धित शाखा/वडालाई तोकिएको No feedback
२०८०-८-७ सम्बन्धित शाखा/वडालाई तोकिएको No feedback
२०८०-८-७ समाधान भएको गुनासोका लागि धन्यवाद । मिति २०८० असोज ३० गते सबै विद्यालयहरुलाई यस प्रकारका शुल्क नलिन जानकारी गराईएको व्यहोरा अनुरोध छ । अझैं कसैले लिएको पाईंएमा सप्रमाण जानकारी गराउनु भएमा आवश्यक कार्बाही गरिने व्यहोरा अनुरोध छ ।