गुनासोको विवरण

  • गुनासो दर्ता नं: cnoZatnh
  • गुनासोको विषय :बिद्यालयका सवारीसाधन साधन हरु सम्बन्धमा
  • हालको अवस्था : समाधान भएको
  • गम्भीरता : जरुरी
  • तोकिएको शाखा/वडा : शिक्षा, युवा तथा खेलकुद महाशाखा
  • गुनासोको क्षेत्र: शिक्षा,सुझाव
  • गुनासोको विवरण: मेयर साब नमस्कार! हाम्रो यस् धनगढी उप-महानगरपालिकामा रहेका बिद्यालय का सवारीसाधनहरु (Bus, Micro-bus, Van) बजार क्षेत्रमा, आवास क्षेत्रमा, जेब्रा क्रशिंग मा, चोक हरुमा कुन speed मा चलाउने, कुन ठाउँ मा सवारी साधन रोक्ने, कुन ठाउँ मा बालबालिका हरु लाई चढाउने र ओराल्ने भन्ने बारे को ज्ञान नभएको कुरा बिहान ९:०० देखि १०:०० बजे र बेलुका ०३:०० देखि ५:०० बजे सम्म बजार तिर/सडक तिर निस्किदा राम्रो संग बुझ्न सकिन्छ| बिद्यालय का सवारी साधान हरु मा साना साना बालबालिका देखि किशोर किशोरी हरु सम्म सवार हुन्छन् र साना साना बालबालिका हरु लाई चोट पटक लाग्न सक्ने र किशोर किशोरी हरु ले गलत कुरा सिकिराखेका हुन्छन| शिक्षा क्षेत्रका सवारी साधन हरु ले अरु लाई सडक सुरक्षा को बारेमा झनै सिकाउनुपर्दछ जस्तो लग्दछ र अभिभाबक हरु ले पनि आ-आफ्ना नानि बाबु हरु पढ्ने बिद्यालय मा यस प्रकार का कुरा हरु मा जानकारी गराउनु पर्द्छ| आज National Children’s day को अवसरमा उप-महानगरपालिका बाट सम्पूर्ण विद्यालयहरु लाई यस बिषयमा निर्देशनात्मक समन्वय गरि हाम्रो यस उप-महानगरपालिका लाई बालबालिका मैत्री स्थानीय तह बनाउन सहयोग पुग्ने विश्वास सहित यो गुनासो पेस गर्न चाहन्छु| धन्यबाद

गुनासोकर्ताको विवरण


  • गुनासोकर्ताको विवरण <strong>गोप्य</strong> राख्न भनिएको छ।

तपाईंको गुनासोको सम्बन्धमा निम्न उल्लेखित प्रकृयाहरु अध्यावधिक भएका छन् ।

मिति स्थिति प्रतिक्रिया
२०८०-५-२९ विचाराधीन No feedback
२०८०-६-५ विचाराधीन No feedback
२०८०-६-५ सम्बन्धित शाखा/वडालाई तोकिएको No feedback
२०८०-८-८ सम्बन्धित शाखा/वडालाई तोकिएको No feedback
२०८०-८-८ समाधान भएको सुझावका लागि धन्यवाद र समयमा गुनासो सम्बोधन गर्न नसकिएकोमा क्षमा समेत चाहन्छौं । यहाँको गुनासो सम्बोधनका लागि शिक्षा युवा तथा खेलकुद महाशाखाले आयोजना गर्ने प्रधानाध्यापक लगायतका अन्य बैठक सभा विद्यालय अनुगमनकोक्रममा सम्बन्धित विद्यालयलाई जानकारी गराउने र कहिले काँही नगर प्रहरी परिचालन गरी व्यवस्थापनको प्रयास हुँदै आएको व्यहोरा जानकारीका लागि अनुरोध छ । मिति २०८० मंसीर ७ गते सबै विद्यालयहरुलाई यस सम्बन्धमा पत्राचार गरिएको व्यहोरा समेत जानकारीका लागि अनुरोध छ ।