गुनासोको विवरण

  • गुनासो दर्ता नं : Iy2fqvAg
  • विषय :बिगत कैयौ बर्श देखि पाइरहेको बृद्धभत्ता नबिकरण नगरेको भन्दै नदिएको सम्बन्धमा
  • वर्तमान स्थिति : समाधान भएको
  • गुनासो गम्भीरता : जरुरी
  • ताेकिएकाे शााखा : Social Security Department
  • गुनासोको क्षेत्र : Social Security
  • विवरण: उपरोक्त सम्बन्धमा मैले बिगत कैयौ बर्श देखि पाइरहेको ब्रिद्द भत्ता लिन जादा धनगढि उपमहानगर पालिकाका कर्मचारिले नबिकरण नगरेको भन्दै दिन नमानेको प्रस्ट्यौन चाहन्छ्ु । नबिकरण गर्ने बारे मैले न सुचना प्राप्त गरे न यस अघि त्यस कार्यालयमा भत्ता लिन उपस्थित हुदा जान्कारि पाइयो । फेरि हमि जस्ता ब्रिद्ध हरु जस्ले निरन्तर रुपमा भत्ता सोही कार्यालय बाट लिने लाइ उक्त नबिकरण के कति कारण ले जरुरि भयो र मैले गयको त्रैमाशिक को भत्ता प्राप्त गर्ने के गर्नु पर्छ्​प्रस्ट पारी दिये आभारि हुने थियौ ।

गुनासोकर्ताको विवरण


  • पुरा नाम : p.S. Kunwar
  • ठेगाना : Ward No-1,

तपाईंको गुनासोको सम्बन्धमा निम्न उल्लेखित प्रकृयाहरु अध्यावधिक भएका छन् ।

मिति स्थिति प्रतिक्रिया
२०८०-७-२० विचाराधीन No feedback
२०८०-७-२१ सम्बन्धित शाखा/वडालाई तोकिएको No feedback
२०८०-७-२१ सम्बन्धित शाखा/वडालाई तोकिएको No feedback
२०८०-७-२१ समाधान भएको सामाजिक सुरक्षा नियमावली २०७६ को मिति २०७९-०६-१० मा भएको दोस्रो संसोधन अनुसार प्रत्यक आर्थिक बर्षको भदौ मसान्तसम्म सामाजिक सुरक्षा भत्ता पाउने व्यक्ति आफै उपस्थित भई सम्बन्धित वडा कार्यालयमा परिचयपत्र नवीकरणको लागी निवेदन दिनु पर्ने व्यवस्था भएको साथै सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि २०७७ को दफा ४ को उपदफ़ा ६ बमोजिम म्याद भित्र नवीकरण नभएका लाभग्राही हरुको लगत कट्टा हुने भएकोले सो आर्थिक बर्षको पहिलो किस्ता भत्ता रकम नआउने व्यहोरा जानकारी गराईन्छ र नवीकरण नभएका कारण लागत कट्टा भएका व्यक्तिले पुनः लाभाग्राहिमा सुचिकृत हुन चाहेमा सामाजिक सुरक्षा ऐन २०७५ को दफा १२ बमोजिम सम्बन्धित वडा कार्यालयमा निवेदन दिन सक्ने व्यवस्था रहेको छ |